महोत्तरीमा राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम शुरु

महोत्तरी : महोत्तरी जिल्लामा बिहिबारदेखि राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम शुरु भएको छ । प्रमुख जिल्ला अधिकारी केशव विमलीले जिल्लाका ज्येष्ठ नागरिक तथा प्रेस स्वतन्त्रता सेनानी ८६ वर्षीय विन्देश्वरीप्रसाद मण्डल तथा नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष कमलेश मण्डललाई परिचयपत्र वितरण गरी कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

महोत्तरीमा २०७६ साल साउन १३ गतेदेखि शुरु भएको राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता कार्यक्रमअन्तर्गत पुस मसान्त सम्ममा २१ हजार २ सय ५९ जनाको विवरण दर्ता भएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Techie