महेन्द्र सिंह धोनीद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौं:  भारतका सार्वाधिक सफल कप्तान महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन । उनले सामाजिक सञ्जाल इन्टाग्राममा खेल करियरको फोटोसहित सन्यासको घोषणा गरेका हुन । उनले सहयोग र मायाको लागि सबैलाई धन्यवाद दिएका छन । धोनी नेतृत्वको भारतीय टोलीले सन २००७ को ट्वान्टी ट्वान्टी विश्वकप, २०११ को विश्वकप र २०१३ को च्याम्पियन्स ट्रफी जितेको थियो । तीनवटा प्रतियोगिता जितेका उनी भारतका सफल कप्तान बन्न सफल मानिन्छन । उनले सन २००४ मा डेब्यु गरी ३ सय ५० ओडिआईमा कुल दश हजार सात सय ७३ रन बनाएका छन । जुन विश्व क्रिकेटको सर्वाधिक रनको ११ औ सुचीमा छ । लिमिटेड ओभरका उत्कृष्ट खेलाडी धोनी ९८ टी ट्वान्टी र ९० टेष्ट खेलेका छन । जहाँ टेष्टमा ४ हजार चार सय ७६ रन बनाएका छन । उनी फरम्याटमा भारतको लागि ५० भन्दा बढी खेलमा कप्तानी सम्हाल्ने लिजेन्ड पनि हुन । दनले टेष्टबाट भने २०१४ मै सन्यास लिएका थिए । पछिल्लो १३ महिना यता उनी राष्ट्रिय टोली बाहिर थिए । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपनि क्लब क्रिकेटलाई निरन्तरता दिने छ न। उनी विश्व क्रिकेटको सफल कप्तान, उत्कृष्ट ब्याट्सम्यान फिनिसर र सफल विकेट किपर हुन । उनको सन्यास सँगै एउटा कालखण्डको अन्त्य भएको छ ।

तपाईको प्रतिक्रिया

Techie