महिला राष्ट्रिय लिग : नेपाल प्रहरीले चौदण्डीगढीलाई १०-० ले हरायो, चौदण्डीगढी १२ खेलमै पराजित

काठमाडौं : निरू थापाको चार गोलमा निरीह चौदण्डीगढी नगरपालिकाले महिला राष्ट्रिय लिगको १२ औ खेलमा‌पनि पराजित हुँदा अंकको खाता नखोली लिग सकाएको छ ।

राष्ट्रिय लिग भएपनि सो स्तरको टिम थिएन चौदण्डीगढीको र यो लिगभरि नै उसको प्रदर्शन उदेग लाग्दो रह्यो । एकै खेलमा २२ गोल सम्म खाएको चौदण्डीगढीले लिगको अन्तिम खेलमा नेपाल प्रहरीसँग दश-शुन्यको अर्को लज्जास्पद हार भोग्न बाध्य भयो ।

No description available.

२९ मिनेटभित्रै चौदण्डीगढी चार शुन्यले पछि पर्‍यो । दुई पेनाल्टी सहित निरू थापाले तेस्रो, छैठौ, ११ औं र २९ औं मिनेटमा चार गोल गरिन् । ३० औं मिनेटमा चौदण्डीगढीकी सुजाता राईले आत्मघाती गोल उपहार दिइन। गोलको वर्षात जारी रहदा निर्मला बिकले दुई गपल थप्दा पहिलो हाफमा नेपाल प्रहरीके सात शुन्यको अग्रता बनायो ।

No description available.

यसपछि ६१ औं मिनेटमा सुनकला राईले गोल गरिन् भने ८६ औं मिनेटमा निर्मलाले ह्याट्रिक पुरा गरिन् । इन्जुरी समयमा अमृता जैसीले अर्को एक गोल गर्दा नेपाल प्रहरीले दश शुन्यको सानदार जित निकाल्यो ।‌

यो नेपाल प्रहरीको पाँचौं जित हो र १८ अंक सहित तेस्रो स्थानमा लिग पुरा गर्‍यो । चौदण्डीगढीले भने १२ खेलमा १२ मै हार व्यहोर्‍यो र बिना अंक पुछारमा रहदै लिग साकायो। चौदण्डीगढीले १२ खेलमा मात्र चार गोल गर्‍यो भने १०७ गोल खायो ।

तपाईको प्रतिक्रिया

Techie