महिलमाथि अमानवीय ब्यवहार गर्ने बिरुद्ध मुद्दा

हुम्ला । हुम्लाको सिमकोटमा परपुरुषसँग सम्बन्ध राखेको आरोपमा महिलमाथि कुटपिट गर्ने र दिसा ख्वाउने विरुद्ध प्रहरीले अमानवीय ब्यवहारको मुद्दा अघि बढाएको छ । सिमकोट गाउँपालिका–७ डाँडाफयाकी २३ वर्षीया पीडित महिलाको उजुरीका आधारमा प्रहरीले अमानवीय व्यवहारको मुद्दा अघि बढाएको हो । गाँउलेको कुटपिटवाट घाइते महिला र आरोपी पुरुषलाई समेत प्रहरीले उद्दार गरेर सुरक्षित स्थानमा राखेको छ ।
गाँउलेको कुटपिटवाट घाइते भएकी महिलाले पनि दोषिलाई हदैसम्मको कारवाहीको माग गरेकी छिन । आफु विरुद्ध अमानवीय व्यवहार गर्ने श्रीमानसँग समेत अव सम्बन्ध नरहने बताएकी छिन ।
सिमकोट गाउँपालिका–७ डाँडाफयाकी २३ वर्षीया महिलालाई स्थानीयले शुक्रबार अबैध सम्बन्धको आरोपमा कपाल मुण्डन गरेर महिलालाई मोसो र जुत्ताको माला लगाएर गाउँ घुमाएका थिए । उनीसँग सम्बन्ध रहेको आरोप लगाइएका पुरुषलाई पनि कुटपिट गरिएको थियो । घटनामा सग्लन महिलाका श्रीमान सहित आठ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा स्थानीय धनबहादुर शाही, हरिबहादुर शाही, सेरबहादुर शाही, नेत्रबहादुर शाही र मात्विर सिंह लगायतका व्यक्ति रहेका छन ।

तपाईको प्रतिक्रिया

Techie