महामारी रोक्ने एउटा आधार: खानपिन र जिबनयापन !

आदिवासी र शहरी जीवनयापनको तुलनात्मक अध्ययन

काठमाडौं। विश्वनै अहिले कोरोना महामारीको चपेटा परिरहेको अबस्था छ । संक्रमणको अग्रपंत्तिमा भारत एशियामै पहिलो नम्बरमा छ भने विश्वको चौथो नम्बरमा छ । समग्र भारतमा अहिले सम्म ३५५,०६० संक्रमित देखपरेपनि आदिवासी बाहुल्यको बस्तार क्षेत्रमा कोरोना भाइरस संक्रमितको संख्या निकै नै कम देखिएको छ। भारतको छत्तिसगढ प्रान्तमा जुन १६ सम्ममा प्रान्तभर एक हजार ७५६ जनामा संक्रमण पुष्टि हुँदा बस्तार क्षेत्रका ३६ जनामा मात्र कोरोना भाइरस फेला परेको छ ।छत्तिसगढ प्रान्तका २८ मध्ये बस्तार क्षेत्र पर्ने तीनवटा जिल्ला अहिलेसम्म कोरोना संक्रमणबाट मुक्त छन्।

खानपिन र जीवनशैलीले बस्तार समुदायका आदिवासीमा कोरोना भाइरससँग जुध्ने प्रतिरक्षा प्रणाली बलियो बनाएको हुन सक्ने विज्ञहरूको अनुमान छ ।बस्तार समुदायका आदिवासीमा धेरैजसो जंगली कन्दमूल,तरकारी च्याउ र फलफूल खाने चलन छ। त्यसैलेपनि प्राकृतिकरूपमै आदिवासी समुदायको प्रतिरक्षा प्रणाली बढेको बस्तार विश्वविद्यालयको ‘स्कुल अफ् एन्थ्रोपोलोजी’का सह–प्राध्यापक डा. स्वपन कुमार बताउँछन्। यसलाई वैज्ञानिकरूपले स्थापित गर्नुपर्ने उनको भनाइ रहेको छ ।

त्यस्तै बिस्तार क्षेत्रका आदिवासीको खानपान स्वभावबारे अध्ययन गरेका डा. तुसार पनीग्रही भन्छन् , “सालको रूखमा उम्रिने बोन्डा झ्याउ, बाँसको तामा, फुटु जातको च्याउ यहाँका आदिवासी समुदायको प्रिय खाना हो। यसबाहेक उनीहरूले बोहार, चरोटा र किलियारी जस्ता सागपात पनि खाने गर्छन् ।यस्ता खानेकुरामा एमिनो एसिड, भिटामिन सी, आइरन र फोलिक एसिडजस्ता पोषणतत्व पाइन्छ। जस्ले बस्तार क्षेत्रका आदिवासी गाउँलेहरूको प्रतिरक्षा प्रणाली बलियो बनाउन सघाउँछ ।”

आदिवासी समुदायमा पहिले कुपोषण ठूलो समस्या भए पनि महामारीले खासै प्रभाव पारेको देखिँदैन। “बस्तार क्षेत्रका आदिवासी समुदायको जीवनयापन पनि कोरोना नलाग्नुको एउटा कारण हो । उनीहरूको जीवनयापनले नै अनावश्यक सम्पर्कबाट जोगाएको छ”, डा. पनीग्रही भन्छन्, “यो आफैंमा एक किसिमको प्राकृतिक क्वारेन्टाइन हो।”

 

खानपान र जीवनयापनले पनि महामारीबाट जोगिन्छ भन्ने तर्कमा बलियो आधार नभेटेकाले पुराना महामारीसँग आदिवासीहरू कसरी जुधेका थिए भन्नेतर्फ अहिले विज्ञहरू अध्ययन र खोजमा लागिपरेका छन्।
यसका लागि पनि आदिवासी समुदाय र शहरी जीवनयापनमा अभ्यस्तबीच तुलनात्मक अध्ययन गर्नुपर्नेमा बिज्ञहरुको जोड छ ।
– द प्रिन्टबाट

तपाईको प्रतिक्रिया

Techie