महामारी कायमै रहेकाले पर्याप्त सर्तकता अपनाउन डब्लुएचओ नेपालको अपिल

काठमाडौ । विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयले कोरोना भाइरसको महामारी कायमै रहेकाले पर्याप्त सर्तकता अपनाउन सार्वजनिक रुपमा अपिल गरेको छ । विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डाक्टर जोस भ्यान्डेलरले सरकारले लडकडाउन खुकुलो बनाएपनि कोरोना भाइरसको महामारी टरिनसकेकाले आवश्यक सर्तकता अपनाउन सबैलाई अपिल गरेका हुन । उनले लकडाउन खुकुलो बनाएसंगै मानिसहरुको चहलपहल बढेको, कार्यालय खुल्न थालेको र भेटघाटहरु बढेको भन्दै सतर्क हुन जरुरी रहेको उल्लेख गरेका छन ।
प्रमुख जोसले संक्रमण नियन्त्रणका लागि प्रत्येक व्यक्तिले आ–आफ्नो तर्फबाट जीवनशैली र कार्यशैलीमा परिर्वतन ल्याउनुपर्ने आवश्यकता समेत औल्याएका छन । उनले मानिसहरुको भीडभाडमा नजाने, जानै परे दुरी कायम गर्ने, मास्क लगाउने तथा बेला बेलामा साबुन पानीले हात धुन पनि आग्रह गरेका छन ।

तपाईको प्रतिक्रिया

Techie