मन्त्रीस्तरीय सेवा सुविधा सहित खतिवडा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार नियुक्त

काठमाडौ । पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई सरकारले प्रधानमन्त्री केपी ओलीका प्रमुख आर्थिक सल्लाहकार नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई प्रधानमन्त्रीको सल्लाहकार नियुक्त गरेको हो । उनलाई मन्त्रीस्तरीय सेवा सुविधा पाउनेगरी नियुक्त गरिएको सरकार प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
छ महिनाभित्रै संघीय संसदको सदस्य बन्नुपर्नै संवैधानिक बाध्यताका कारण खतिवडाले १९ भदौमा अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । रिक्त रहेको राष्ट्रिय सभाको एक सिटमा नेता वामदेव गौतमलाई पठाउने निर्णय नेकपाले गरेपछि उनी सरकारवाट बाहिरिएका थिए ।

तपाईको प्रतिक्रिया

Techie