मन्त्रीको भर्चुअल मिटिङमा पोर्न भिडियो चल्यो

काठमाडौं ।नेपाल पर्यटन बोर्डले आयोजना गरेको भर्चुअल बैठकमा अश्लिल भिडियो प्ले भएको छ । उद्योगसँग सम्बन्धित सुरक्षा निर्देशिका सार्वजनिक गर्नका लागि जुम एपमार्फत आज दिउसो राखिएको बैठकमा करिव डेढ मिनेट भिडियो प्ले भएको हो । बैठकमा पर्यटन मन्त्री भट्टराईले आफ्नो मन्तब्य राख्न सुरु गरेको केहीबेरमै सहभागीमध्येको एउटा युजरबाट आवाज सहित अश्लील चलचित्र देखिएको हो । ’ह्यारिस’ नाम गरेका प्रयोगकर्ताले यो अश्लील चलचित्र सार्वजनिक रूपमा राखिदिएपछि संचालकले एक्कासी बैठक रद्द गरेका छन । भर्चुअल बैठकमा कसरी अश्लिल भिडियो प्ले भयो भन्ने विषयमा छानविन भैरहेको पर्यटन बोर्डले जनाएको छ । अश्लील भिडियो सार्वजनिक गर्ने प्रयोगकर्ताको खोजी भइरहेको बोर्डले जनाएको छ । बैठकमा मन्त्री भट्टराई, सचिव केदारबहादुर अधिकारी, बोर्डका सिइओ रेग्मी लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरु सहभागि थिए । लकडाउन सुरु भएदेखि सामाजिक दुरी पालना गर्नुपर्ने भएकाले इन्टरनेटमार्फत शैक्षिक, प्रशासनिक र कर्पोरेट लगायतका क्षेत्रमा दोहोरो तथा सामुहिक संवाद छलफलका लागि जुम एपमा प्रयोगमा छ । तर पछिल्लो समय एप्समा ह्याकरहरुले आक्रमण गर्दै आएका छन । भारतमा गोपनियता भंग भएको भन्दै जुम एप प्रयोगका लागि निर्देशिका नै जारी भएको छ । तर नेपालमा भने अहिलेसम्म कुनै ब्यवस्था गरिएको छैन ।

तपाईको प्रतिक्रिया

Techie