मनोज गजुरेल अस्पतालबाट डिस्चार्ज

काठमाडौं : कोरोना भाइरसबाट संक्रमित भएका कलाकार मनोज गजुरेल डिस्चार्ज भएर घर फर्किएका छन् । एघार दिनको अस्पताल बसाइपछि आफू अहिले घर फर्किएर आराम गरिरहेको गजुरेलले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका हुन् ।

केही दिनमा पूर्ण स्वस्थ भएर काममा फर्किने पनि उनले उल्लेख गरेका छन् । उनले आफ्ना प्रशंसक तथा शुभेच्छुकप्रति हार्दिक आधार तथा धन्यवाद व्यक्त गरेका छन् ।

कोरोना संक्रमणपछि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई थप उपचारका लागि काठमाडौं बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा भर्ना गरिएको थियो । गजुरेलमा कार्तिक १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया

Techie