मझुवागढी नगरपालिकाका विद्यालयमा निःशुल्क स्यानिटरी प्याड तथा खाजा

खोटाङ । खोटाङकोे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगर भित्र सञ्चालित ९४ वटा विद्यालयमा स्यानिटरी प्याड र टिफिन क्यारी वितरण तथा दिवा खाजा कार्यक्रम ल्याएको छ । नगरपालिकाले दिवा खाजा कार्यक्रमका लागि एक जना विद्यार्थी बराबर दैनिक १५ रुपैयाँ उपलब्ध गराएको हो ।
नगरपालिकाले महिनावारी भएको समयमा पनि नियमित विद्यालय जान समस्या नपरोस भनेर छात्राहरुलाई स्यानिटरी प्याडको समेत व्यवस्था गरेको छ । नगरपालिका भित्र रहेका १४ निमावि र २१ वटा माध्यमिक विद्यायलका तीन हजार ३ सय १० जना छात्रालाई स्यानिटरी प्याड वितरण गरिने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले निशुल्क खाजा र स्यानिटरी प्याड वितरण गरेपछि विद्यार्थीहरुले खुशी व्यक्त गरेका छन् ।
दिवा खाजा कार्यक्रमका लागि ९२ लाख छुट्ट्याएकोमा मङ्सिर र पुसका लागि २५ लाख ५० हजार निकासी गरेर पाँच हजार ४७८ जना विद्यार्थीलाई वितरण गर्ने तयारी गरिएको शिक्षा शाखा कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Techie