मकवानपुर जारी निषेधाज्ञा १६ गतेदेखि हट्ने

काठमाडौ। साउन २६ गतेबाट सुरु भएको मकवानपुरको चार स्थानिय तहको निशेधाज्ञा आज रातिवाट हट्ने भएको छ । कोरोना संक्रमणको दर बढेसँगै हेटौंडा उपमहानगरपालिका सहित चारवटा स्थानिय तहले लगाएको निशेधाज्ञाका कारण जनजीवन प्रभाबित भएको भन्दै हटाउने निर्णय गरिएको हो । सुरक्षा समितिले हेटौंडा उपमहानगर पुरै र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा निशेधाज्ञा लगाएपनि थाहा नगरपालिका र भिमफेदी गाउपालिका आफैले निशेधाज्ञा लगाएका थिए । जिल्ला कोरोना नियन्त्रण व्यवस्थापन समितिको सिफारीसमा जिल्ला सुरक्षा समितिले लगाएको निशेधाज्ञा हटेपनि मकवानपुरमा सवारी साधन सञ्चालनमा रोक लगाउने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको बैठकले दैनिक उपभोग्य सामग्री खरीद सहित अन्य सबै प्रकारका व्यवसाय सञ्चालन बिहान १० बजे सम्म मात्र गर्न दिने निर्णय गरेको छ । निषेधाज्ञा हटाए पनि दिउसोको समयमा बजार र यातायात पुर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

Techie