मकवानपुरमा १० प्रहरीसहित थप ३७ जनामा कोरोना संक्रमण

काठमाडौं : मकवानपुरमा दश प्रहरीसहित थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडामा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा थप मानिसमा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा हेटौंडा उपमहानगरभित्रका अठार जना छन् ।

यसैगरी, भीमफेदीका तीन, थाहा नगरपालिका र बकैया गाउँपालिकाका दुई दुई जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै काठमाडौं र चितवनका पनि एक–एक जनामा संक्रमण पुष्टि भएको छ ।

केही दिनयता मकवानपुरमा संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्ला दिनमा प्रहरीका साथै बारा, पर्सा र रौतहटवाट फर्केका स्थानीयमा संक्रमण देखिएको छ । संक्रमित बढेपछि हेटौडा र मनहरीमा निषेधाज्ञा जारी गरिएको छ ।

तपाईको प्रतिक्रिया

Techie