मकवानपुरमा थप २९ जनामा कोरोना संक्रमण

काठमाडौ । मकवानपुरमा शुक्रबार २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित प्रयोगशालामा गरिएको परीक्षणमा हेटौंडा उपमहानगरपालिका क्षेत्रका २४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै एक जना मनहरी गाउँपालिका र ४ जना जिल्ला बाहिरका बासिन्दामा संक्रमण देखिएको छ । योसँगै मकवानपुरमा कोरोना संक्रमितको संख्या ४ सय ५९ पुगेको छ ।

तपाईको प्रतिक्रिया

Techie