भोलिबाट सुरु हुने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

 

नेपाल क्रिकेट संघको आयोजनामा हुन लागेको प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्दले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका हुन । विश्वभर फैलिएको कोरोना भाइरसका कारण केही समय धकेलिएको प्रतियोगिता कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको खेल मेदान र मूलापानी क्रिकेट मैदानमा आयोजना हुने भएको छ । शुक्रबारबाट हुने प्रतियोगिताको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ । माघ १७ गतेसम्म चल्ने प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टिम गरी कुल १० टोली आमने सामने हुनेछन् । प्रतियोगितामा सहभागी १० टोलीलाई ए र बी समूहमा विभाजन गरिएको छ । समूह ए मा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश–१ र कर्णाली प्रदेश रहेका छन् भने समूह बी मा विभागीय टोली नेपाल पुलिस क्लब,बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश–२ र सुदूरपश्चिम प्रदेश समावेश छन् ।

तपाईको प्रतिक्रिया

Techie