भोजपुरका तीन जना एभिन्यूजकर्मी सम्मानित

भोजपुर : भोजपुरका एभिन्यूजकर्मी तीन जना पत्रकार सम्मानित भएका छन् । आइतबार सम्पन्न नेपाल पत्रकार महासंघ जिल्ला शाखा भोजपुरको सातौँ साधारण सभा मार्फत एभिन्यूजकर्मी युवराज विष्ट, प्रदिपचन्द्र राई र अर्जुन बस्नेत सम्मानित भएका हुन् ।

त्यस्तै कार्यक्रममा जिल्लामा लामो समय देखि पत्रकारिता क्षेत्रमा पुर्‍याएकोे योगदानको कदर गर्दै श्रीकृष्ण बोगटीलाई कदर पत्रले सम्मान गरिएको छ ।

विष्टलाई ‘लोकनाथ दाहाल स्मृती खोज पत्रकारिता’ पुरस्कार, राईलाई, ‘तिलक बहादुर मनमाया राई पर्यटन पत्रकारिता’ पुरस्कार र बस्नेतलाई ‘मनमाया राई पर्यटन पत्रकारिता पुरस्कार’द्वारा सम्मानित गरिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा भोजपुरका अध्यक्ष श्यामकृष्ण दाहालले जानकारी दिए ।

तीनै जनालाई जिल्लामा रहेर पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको आधारमा पुरस्कृत गरिएको महासंघले जनएको छ ।

तपाईको प्रतिक्रिया

Techie