भोजपुरका किसानहरुमा व्यवसायिक चिराईतो खेतीमा आकर्षण बढ्दै (भिडियो रिर्पोट)

काठमाडौं: पछिल्लो समय भोजपुरका किसानहरुमा व्यवसायिक चिराईतो खेतीमा आकर्षण बढ्न थालेको छ । तर चिराइतोले सोचे जस्तो मुल्य नपाउदा भने उनीहरु समस्यामा परेका छन् ।

बहुउपयोगि जडिबुटि चिराइतो व्यवसायिक खेतीमा भोजपुरका कृषक जुटेका हुन् । उनीहरुले उत्पादन पनि राम्रै गरिरहेका छन् । तर वर्षेणी मुल्य बढ्नु साटो घट्न थालेपछि भने उनीहरु समस्यामा परेका हुन् । परिवारसँग बसेर आफ्नै ठाउँमा गरिने खेती भएकोले विदेशमा दुःख गर्नु भन्दा हाल पाउने गरेको मुल्य पनि ठिकै रहेको केहि किसानहरुको भनाइ छ । निरन्तर खेती गरी रहेकोमा एक न एक दिन यसले पनि अझ राम्रो मुल्य पाउनेमा उनीहरु आशाबादी छन् ।

ज्वरो, दम रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, सुन्निएको, पोलेको आदि रोगका लागि यसका पात, डाँठ, जरा सम्पूर्ण भाग नै प्रयोग गर्न सकिने स्थानीय जानकारहरुको भनाइ छ । किसानहरुले उत्पादन गरेको चिराइतो अहिले आफ्नै फर्मबाट प्रतिमन ६ हजारले विक्री हुने गरेको छ । मनको थोरै मुल्य भएपनि अन्यबाली लगाउनु भन्दा यसको आम्दानी तुलानात्मक रुपमा राम्रै रहेको किसानको भनाइ छ । सरकारको तर्फबाट सहयोग भएमा यसलाई विस्तार गर्न थप टेवा मिल्ने किसानहरु बताउछन् ।

१७ सयदेखि ३५ हजार मिटर उचाइको उपयुक्त हावापानीमा हुने चिराइतो बाहिरी देशतिर बढी निर्यात हुने गरेको छ । यहाँको चिराइतो भारत, चीन र बंगलादेशमा निर्यात हुने गरेको व्यवसायीहरुको भनाइ छ । भोजपुरको अधिकांश माथिल्लो भेगमा यसको व्यवसायिक खेती हुने गरेको छ ।

तपाईको प्रतिक्रिया

Techie