भेरोसल खोप लिएर निगमको जहाज काठमाडौं आइपुग्यो 

आज राति र भोलि खोप लिन पुन: बेइजिङ जाने

फाइल फाेटाे

काठमाडौं ।चीनको बेइजिङबाट कोभिड-१९ विरुद्धको थप १० लाख डोज भेरोसल खोप लिएर नेपाल वायुसेवा निगमको वाइडबडी जहाज काठमाडौं आइपुगेको छ ।
हिजो राति खोप लिन बेइजिङ प्रस्तान गरेको निगमको वाइडबडी जहाज आज अपरान्ह २ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

थप १० लाख डोज खोप ल्याउन निगमको जहाज आज राती ११ बजे पुन बेइजिङ उड्दैछ । उक्त बिमान भोलि दिउँसो भेरोसल खोप लिएर काठमाडौं फर्कनेछ ।

बाँकी डोज खोप ल्याउन शनिबार उक्त जहाज पुनः शनिबार बेइजिङ जाने कार्यक्रम छ । नेपालले चीनको खोप उत्पादक कम्पनी साइनोफार्मबाट ४० लाख डोज खोप खरिद गरेको हो । यसअघि असार २५ गते आठ लाख मात्रा खोप चीनबाट ल्याइएको थियो।
बाँकी डोज खोप लिन असार ३१ गते चीन जाने भने पनि जहाजको तालिका परिवर्तन गरेर एक हप्ता पर सारिएको हो।

तपाईको प्रतिक्रिया

Techie