सच्याइएको : भुटानमा क्वारेन्टाइनमा बस्नुपर्ने अवधि २१ दिन पुर्‍याइयो

एजेन्सी : भुटानमा क्वारेन्टाइनमा बस्ने अवधि बढाइएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै क्वारेन्टाइनमा बस्नुपर्ने अवधि १४ दिनबाट बढाएर २१ दिन पुर्‍याइएको हो ।

भुटानका प्रधानमन्त्रीको आधिकारीक ट्वीटर एकाउन्टमा सरकारले २१ दिन क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको उल्लेख गरिएको छ । उच्च सर्तकताका लागि क्वारेन्टाइन बस्नुपर्ने अवधि बढाउन अत्यावश्यक वाध्यता बनेको प्रधानमन्त्रीको भनाइ छ ।

यसअघि हाम्रोमा प्रकाशित “भुटानमा पनि ‘लकडाउन’ को अवधि २१ दिने बनाइयो” शिर्षकको समाचारमा भुलवस त्रुटी हुन गई गलत सुचना प्रवाह हुन गएकोमा क्षमा प्रार्थी छौं ।

तपाईको प्रतिक्रिया

Techie