भारत चीन सम्बन्ध नाजुक स्थितिमा – एस जयशंकर

भारतीय विदेशमन्त्री एस जयशंकरले भारत चीन सम्बन्ध नाजुक स्थितिमा पुगेको बताएका छन । अल इन्डिया कन्फ्रेन्स अफ चाइन स्टडीजको तेह्रौँ अधिवेशनलाई सम्बोधन गर्दै उनले चीनसँगको सम्बन्धमा समस्या बढेको बताएका हुन । विदेशमन्त्री जयशंकरले गत वर्ष लद्दाखको सीमाक्षेत्रमा भएको भारतीय र चिनियाँ सैनिकको भिडन्तपछि भारत चीन सम्बन्ध नाजुक स्थितिमा पुगेको बताएका हुन । सीमाको विषयमा छिमेकी देशहरूबीच मतभेद स्वभाविक भए पनि सीमा क्षेत्र शान्तिपुर्ण छ भन्ने अवस्था नरहेको जयशंकरको भनाइ छ । यसअघि सीमा क्षेत्रमा सन् १९७१ मा मात्रै सैनिकको ज्यान गएको भए पनि सन् २०२० मा त्यस्तो घटना दोहोरिएको जिकिर गरे । चीनलाई शान्ति भङ्ग गरेको आरोप लगाउँदै उनले सीमा क्षेत्रमा फौज कम गर्ने प्रतिबद्धता समेत पुरा नभएको गुनासो गरे । सीमा क्षेत्रमा सैन्यवल बढाउनुको ठोस जवाफ नदिएको पनि विदेशमन्त्री जयशंकरले बताएका छन । चीन र भारतविच एकबर्षदेखि सीमा क्षेत्रमा तनाव बढेको छ । लद्दाखसँगै पछिल्लो समय सिक्किममा समेत सीमा विवाद देखिएको छ ।

तपाईको प्रतिक्रिया

Techie