भारत–चीन तनाव कम गर्न दुई देशबीच ५ बुँदे सहमति

एजेन्सी : भारत र चीनबीच वास्तविक नियन्त्रण रेखामा जारी तनाव कम गर्न पाँच बुँदे सहमति भएको छ । भारतीय विदेश मन्त्री एस जयशंकर र उनका चिनियाँ समकक्षी वांग यीबीच रुसको मस्कोमा भएको भेटवार्तामा सहमति जुटेको हो ।

बैठकमा भएका सहमति भने सार्वजनिक गरिएको छैन । बैठकमा भारतीय विदेश मन्त्री जयशंकरले सीमामा जारी तनाव थप बढाउने पक्षमा भारत नरहेको र चीनसँगको भारत नीतिमा पनि कुनै परिवर्तन नरहेको स्पष्ट पारेको बताइएको छ ।

चिनियाँ विदेश मन्त्रालयले पनि दुई देश छिमेकी भएको नाताले केही मुद्दामा असहमति हुनु स्वभाविक रहेको तर त्यसलाई सही ढंगले समाधान गरिनुपर्ने पक्षमा चीन रहेको बताएको छ । केही समयदेखि लद्दाखमा दुई देशका सेनाविच तनाव हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

Techie