भारतीय विदेश सचिव हर्षवर्धन दुई दिने भ्रमणका लागि काठमाडौंमा

काठमाडौं : सरकारी र कूटनीतिक तहमा रहँदै आएको झन्डै एक वर्ष लामो संवादहीनता लाई चिर्दै भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृङला नेपालको दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौँ आएका छन् ।

परराष्ट्रसचिव भरतराज पौडेलेको निमन्त्रणमा उनी आज विहान काठमाडौं आएका हुन् । विदेश सचिवको भ्रमण विगतका उच्चस्तरीय भ्रमणकै निरन्तरता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणको पहिलो दिन दुई सचिवबीच द्विपक्षीय वार्ता हुनुका साथै सहयोगका विविध क्षेत्रबारे छलफल हुनेछ । भ्रमण दुई पक्षीय सम्बन्ध सुदृढिकरणका लागि सहयोगी हुने विमानस्थलमा भारतीय विदेशसचिव श्रृङलाले बताए ।

सचिवस्तरीय भेटघाटमा यो पटक नेपालको नयाँ राजनीतिक नक्साको सीमांकन र सुस्ता भूभागसहितको विवादित क्षेत्रबारे कुरा उठाउने नेपाली पक्षको तयारी छ । विदेश सचिवले आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतसँग भेट गर्नेछन् ।

शृंङलाले प्रमुख प्रतिपक्षी दल कांग्रेस, अर्को प्रतिपक्षी दल जनता समाजवादी पार्टीका शीर्ष नेतासँग पनि शिष्टाचार वार्ता हुने कार्यक्रम छ । भ्रमणका क्रममा उनले नेपाललाई कोरोना भाइरससँग जुध्न आवश्यक वस्तुहरु नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।

शृङलाले शुक्रबार कूटनीतिज्ञ एवं अन्तर्राष्ट्रिय मामिला जानकारहरू माझ भारतको छिमेक नीति, नेपाल–भारत सम्बन्धलगायतका विषयमा सम्बोधन गर्ने कार्यक्रम पनि छ । गतवर्ष जनवरीमा पदभार सम्हालेयता भारतीय विदेश सचिव श्रृङगलाको यो पहिलो नेपाल भ्रमण हो  ।

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

३ भाद्र २०७७, बुधबार ०७:३७ ३ भाद्र २०७७, बुधबार ०७:३७

काठमाडौं : भाद्र…

२ कार्तिक २०७७, आईतवार ०८:२३ २ कार्तिक २०७७, आईतवार ०८:२३

काठमाडौं : सिद्दिचरण…

८ माघ २०७७, बिहीबार १६:०४ ८ माघ २०७७, बिहीबार १६:०४

काठमाडौ । संवैधानिक…

Techie