कोरोनाभाइरस: भारतले औषधिको निर्यातमा नियन्त्रण गर्ने

एजेन्सी : भारतले औषधि निर्माणमा प्रयोग हुने २६ थरी सामग्री अनि तिनबाट बन्ने औषधिको निर्यातमा नियन्त्रण गर्ने घोषणा गरेको छ। विश्वभरि कोरोनाभाइरस सङ्क्रमण फैलिरहेको बेलामा भारतले औषधिको निर्यातमा नियन्त्रण गर्ने घोषणा गरेपछि संसारभरि औषधि अभाव हुने त्रास बढेको छ।

भारतले प्यारासिटामोल पनि नियन्त्रण गर्ने भएको छ जुन औषधि शरीरको दुखाइ कम गर्न विश्वभरि सबभन्दा धेरै प्रयोग गरिने औषधि हो।

भारतको यो घोषणा औषधिको कच्चा पदार्थ उत्पादन गर्ने चिनियाँ कम्पनीहरू बन्द भइएको वा सीमित क्षमतामा सञ्चालित भएको बेला आएको हो।
भारतका औषधि निर्माताहरू ७० प्रतिशत कच्चा पदार्थका निम्ति चीनमा निर्भर छन्। औषधि उद्योगका विज्ञहरूले प्रकोप जारी रहे तिनले अभाव झेल्नुपर्ने चेतावनी दिइसकेका थिए।

तपाईको प्रतिक्रिया

Techie