भारतले आज ७२ औं गणतन्त्र दिवस मनाउँदै

एजेन्सी : भारतले मंगलबार ७२ औँ गणतन्त्रका दिवस मनाउँदै छ । दिवसका अवसरमा राजधानी नयाँ दिल्लीको राजपथमा विशेष परेड आयोजना गरिँदैछ ।

विगतमा भव्य परेड आयोजना गर्ने गरिएकोमा यसपटक कोरोना महामारीका कारण कार्यक्रमको आकार घटाइएको छ ।

यसअघि गणतन्त्र दिवसमा कुनै देशका राष्ट्रप्रमुखलाई प्रमुख अतिथिका रुपमा निम्त्याइने गरिएकोमा यो वर्ष कसैलाई पनि निम्त्याइएको छैन । परेडमा यसपटक २५ हजार मानिसमात्र सहभागी भएका छन् ।

गणतन्त्रका दिवसलाई लक्षित गरि राजधानी दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । दिल्लीको आईटीओ, यमुना ब्रिज लगायतका क्षेत्रमा ठूलो संख्यामा सुरक्षा बल परिचालन गरिएको छ । आतंकवादी हमला हुनसक्ने चेतावनी र किसानहरुको ट्रयाक्टर र्‍यालीलाई ध्यानमा राखेर सुरक्षा सतकर्ता बढाइएको हो ।

मंगलबार गणतन्त्र दिवस परेडलगत्तै किसानहरुले तीनवटा विवादित कृषि कानूनको विरोधमा ट्रयाक्टर र्‍याली आयोजना गरेका छन् । किसानहरुले फेब्रुअरी एकमा संसद भवन घेराउको घोषणा पनि गरेका छन् । सो दिन भारतको संसदमा बजेट पेश हुने छ ।

तपाईको प्रतिक्रिया

Techie