भारतमा टिकटकसहित अन्य कुन-कुन एप प्रतिबन्ध गरियो ?

भारत : मुलुकको सुरक्षामा खतरा रहेको भन्दै भारत सरकारले टिक टक लगायत ५ दर्जन चिनियाँ एप माथि प्रतिबन्धको घोषणा गरेको छ । भारतको सार्वभौमिकता तथा निष्ठा प्रति पूर्वाग्रही रहेको निष्कर्ष निकाल्दै त्यहाँको सरकारले ५९ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

प्रतिबन्ध गरिएका एपहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

जसमध्ये ठुलो संख्यामा भारतमा प्रयोग भइरहेको वि च्याट एप समेत छ । ती एपहरुले गोप्य सुचना संकलन गरी चीन सरकारलाई दिएको भारतीय सुचना प्रविधि मन्त्रालयले आरोप लगाएको छ । टिक टकका १२ करोड भन्दा बढी प्रयोगकर्ता भारतमा छन् । अन्य चिनियाँ एपका अधिकांश प्रयोगकर्ता पनि भारतकै छन् ।

दुई मुलुकबीच सिमामा जारी तनावका कारण भारत सरकारले पछिल्लो प्रतिबन्धको निर्णय गरेको हो । चीन र भारत सरकारबीच लद्दाक क्षेत्रमा तनाव बढेको छ । केही समयअघि सो क्षेत्रमा भएको झडपमा २० भारतीय सेनाको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया

Techie