भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २८८ पुग्यो

एजेन्सी : भारतमा २४ घण्टामा हालसम्मकै बढी संख्यामा कोरोना संक्रमित थपिएका छन् । एक दिनमा भारतमा १ हजार ३५ संक्रमित थपिएका हुन् । २४ दिनमा भारतमा चालिस जनाको मृत्यु भएको छ ।

यससँगै भारतमा कोरोना संक्रमितको संख्या ८ हजार नाघेको छ । भारतमा हालसम्म २ सय ८८ जनाको मृत्यु भएको छ । ७ सय ८९ जना ठिक भएर घर फर्केका छन् ।

कोरोना भाइरसको त्राससँगै भारतमा गत मार्च २५ देखि २१ दिनसम्म लकडाउन गरिएको छ । अप्रिल १४ मा लकडाउन सकिने भएपनि मुख्यमन्त्रीहरुले यसलाई बढाउन सुझाव दिएका छन् ।

शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्यमन्त्रीहरुसँग गरेको भिडियो कन्फरेन्समा उनीहरुले लकडाउन बढाउन सुझाव दिएका हुन् । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सरकारलाई १६ दिन लकडाउन अवधि थप्न सुझाव दिएका छन् ।

तपाईको प्रतिक्रिया

Techie