भारतमा कृषि कानुनको विरोधमा देशभरका किसानले आन्दोलन चर्काउँदै

भारतमा कृषि कानुनको विरोधमा देशभरका किसानले आन्दोलन चर्काउँदै लगेका छन । किसानहरु विगत दश दिनदेखि कृषि कानुनको विरोधमा सडक आन्दोलनमा छन । आफ्ना मागको सुनुवाइ नभएको भन्दै आन्दोलनरत किसानले आगामी मसिर २३ गते भारत बन्दको घोषणा गरेका छन । केही दिनयता पञ्जाब, हरियाणासहित विभिन्न राज्यका लाखौं किसान दिल्लीको सीमामा पुगेर आन्दोलन गरिरहेका छन् । राजधानी दिल्ली प्रवेश गर्ने थप सडकहरु बन्द गर्ने चेतावनी दिँदै उनीहरुले समयमै माग पूरा नगरे खराब परिणामका आउनसक्ने चेतावनी समेत दिएका छन । किसानको आन्दोलनप्रति देशव्यापी समर्थन समेत बढेको छ । पश्चिम बंगाल कि मुख्यमन्त्री ममता बनर्जीले आन्दोलनमा समर्थन जनाएकी छन । लेखक र प्रतिष्ठित व्यक्तिहरुले पनि किसानको आन्दोलनको समर्थनमा सरकारले प्रदान गरेका पुरस्कार फिर्ता गर्ने घोषणा गरेका छन् । यसैबीच क्यानडाका प्रधानमन्त्री जष्टिन ट्रूडोले किसानको शान्तिपूर्ण आन्दोलनमा आफूहरुको समर्थन रहने दोहो¥याएका छन । क्यानडाको समर्थनप्रति आपत्ति जनाउदै भारतले क्यानडाका उच्चायुक्तलाई निष्काशन गरेको छ ।

तपाईको प्रतिक्रिया

Techie