भारतमा एकै दिन थपिए १२ हजार बढी संक्रमित

भारत : भारतमा हिजो एकै दिन १२ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । संक्रमणको कारण शनिवार एकै दिन भारतमा तीन सय नौ नौ जनाको मृत्यु भएको छ । शनिबार १२ हजार २३ जना नयाँ संक्रमित थपिएका छन । योसँगै भारतमा संक्रमितको संख्या तीन लाख २१ हजार ६ सय २६ पुगेको छ ।

संक्रमणको कारण ज्यान गुमाउनेको संख्या नौ हजार एक सय ९९ पुगेको छ । त्यसैगरी गएको २४ घण्टामा विश्वभर कोरोना संक्रमणको कारण चार हजार ३७ जनाको मृत्यु भएको छ । योसँगै विश्वमा संक्रमणको कारण ज्यान गुमाउनेको संख्या चार लाख ३१ हजार सात सय २६ पुगेको छ ।

अहिलेसम्म विश्वभर संक्रमितको संख्या ७८ लाख ५५ हजार २१ पुगेको छ । गत २४ घण्टामा सबैभन्दा धेरै ब्राजिलमा आठ सय ९० जनाको मृत्यु भएको छ । त्यसपछि मृत्यु हुनेको संख्या अमेरिकामा धेरै छ । अमेरिकामा गएको २४ घण्टामा ६ सय ९९ जनाको मृत्यु भएको छ ।

अमेरिकामा अहिलेसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख १७ हजार नाघेको छ । रुसमा ५ लाख २० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ सय १४ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ६ हजार ८ सय २९ पुगेको छ । पाँचौं बेलायतमा नयाँ १ हजार ४२५ थपिएर संक्रमित २ लाख ९४ हजार ३ सय ७५ पुगेका छन् । मृतक १ सय ८१ थपिएर ४१ हजार ६ सय ६२ पुगेका छ ।

तपाईको प्रतिक्रिया

Techie