भारतमा आज जनता कर्फ्यु

एजेन्सी : कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने प्रयासस्वरुप भारतमा आज जनता कर्फ्यु लगाइएको छ । विहान सात बजेदेखि सुरु भएको कर्फ्यु बेलुका ९ बजेसम्म कायम रहनेछ । सामाजिक दूरीलाई कायम गर्नेसम्बन्धी जनचेतना जगाउने अभियानस्वरुप यो कर्फ्यु जारी गरिएको हो ।

यो अबधिमा औषधिजन्य र आवश्यक सामान बेच्ने पसलहरु पनि खुला रहनेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कर्फ्युको अवधिमा सर्वसाधारणलाई घरबाहिर ननिस्किन आब्हान गरेका छन् ।

भारतमा सम्पूर्ण रेलसेवा पनि बन्द गरिएको छ । रेलमा पनि थुप्रै संक्रमित यात्रुले यात्रा गर्नसक्ने जोखिम बढेको भन्दै यातायातसमेत अवरुद्ध गरिएको हो । अप्रिल १५ सम्म रेल सेवा बन्द गरिने बताइएको छ । भारतमा कोरोना भाइरस.बाट सङ्क्रमित हुनेको सङ्ख्या तीन सय नाघेको छ ।

शनिबार भारतभरि ५५ जना नयाँ सङ्क्रमित थपिएपछि संक्रमितको संख्या ३ सय ३२ पुगेको हो । भारतमा कोरोनाका कारण पाँच जनाको मृत्यु भएको छ । २३ जना उपचारपछि घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया

Techie