भारतमा अहिलेसम्मकै सर्वाधिक कोरोना संक्रमण

एजेन्सी । भारतमा पछिल्लो चौबिस घण्टामा अहिलेसम्मकै सर्वाधिक धेरै कोरोना संक्रमित थपिएका छन्। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा १ लाख ८४ हजार ३ सय ७२ जना संक्रमित थपिएका हुन् । यो अवधिमा मृत्यु हुनेको संख्या पनि एक हजार नाघेको छ । मन्त्रालयका अनुसार एकैदिन १ हजार २७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । भारतमा अहिलेसम्म १ करोड ३८ लाख ७ हजार भन्दा धेरै संक्रमित भएका छन् । उनीहरुमध्ये १ लाख २७ हजार भन्दा धेरैको संक्रमणका कारण मृत्यु भएको छ । भारतमा अहिलेसम्म ११ करोड ११ लाख भन्दा धेरै मानिसलाई कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाइसकिएको छ । तर दिनप्रतिदिन कोरोना संक्रमण झनै आक्रामक बनिरहेको छ । भारतका विभिन्न शहरमा फेरि लकडाउन गर्न सुरु गरिएको छ ।

तपाईको प्रतिक्रिया

Techie