भारतको विहारमा विधान सभा निर्वाचनको मतगणना भोली 

एजेन्सी । भारतको बिहारमा तीन चरणमा सम्पन्न भएको विधानसभा निर्वाचनको मतगणना भोली हुँदैछ । भोली विहानवाट मतगणना हुन लागेको हो । मत सर्बेक्षणहरुमा पूर्व मुख्यमन्त्री लालु यादवका छोरा तेजस्वी यादवको महागठबन्धन अगाडी देखिएको छ । एपी न्यूजले गरेको सर्बेक्षणहरुमा कुनै एक पार्टीको स्पष्ट बहुमत भने नआउने देखिएको छ । मुख्यमन्त्री नितिशकुमारको नेतृत्वमा रहेको एनडीए गठबन्धनले १ सय चार देखि १ सय २८ सिट ल्याउन सक्ने देखाएको छ भने महागठबन्धनले १ सय ८ देखि १ सय ३१ सिट जित्न सक्ने देखाएको छ । टाइम्स नाउको गरेको मत सर्वेक्षणमा एनडीएको १ सय १६ सिट र महागठबन्धनले भने १ सय २० सिट पाउने अनुमान छ । रपब्लिकनको मत सर्वेक्षणमा एनडीएले ११७ सिट र महागठबन्धनको १३८ सिट ल्याउने अनुमान गरेको छ । २ सय ४३ सिट रहेको विधानसभामा बहुमतको लागि १ सय २२ सिट आवश्यक पर्छ ।

तपाईको प्रतिक्रिया

Techie