भारतका पूर्वराष्ट्रपति मुखर्जीको अवस्था गम्भीर

काठमाडौं । कोरोना भाइरस को संक्रमण पुष्टि भएका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको अवस्था ‘गम्भीर’ बनेको छ । मुखर्जीको अवस्था यतिबेला गम्भीर बनेको र उनलाई भेन्टिलेटरको सहायतामा राखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतको नयाँ दिल्लीस्थित सैनिक अस्पतालमा उनको ब्रेन सर्जरी भएको थियो ।

सोमबार ८४ वर्षीय मुखर्जीले सामाजिक सञ्जाल ट्वीटरबाट आफू कोरोना संक्रमित भएको जानकारी दिएका थिए ।
भारतीय नेताहरुले उनले शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । ८४ वर्षिय मुखर्जी सन् २०१२ देखि २०१७ सम्म भारतका राष्ट्रपति भएका थिए।

तपाईको प्रतिक्रिया

Techie