भारतका गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण

एजेन्सी : भारतका गृहमन्त्री अमित शाहलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसको शुरुवाती लक्षण देखिएपछि गराएको परीक्षणको क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो । उनले ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

उनले आफ्नो अवस्था ठीक रहेको तर डाक्टरहरुले अस्पताल भर्ना हुने सुझाव दिएका कारण अस्पतालमा भर्ना हुन गइरहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया

Techie