भन्सार शुल्क बढ्ने पूर्व सूचनाकै आधारमा विद्युतीय गाडी जाँचपासको आशंका

बजेटअघि आयातकर्ताले वीरगञ्जवाट विद्युतीय गाडी मात्रै छुटाए

काठमाडौ । नयाँ बजेटमा भन्सार शुल्क बढ्ने गोप्य सुचना पहिले नै पाएका नेपाली आयतकर्ताले बजेट भाषण हुनु अगावै विद्युतीय गाडीहरु भन्सार जाचपास गराएर भित्राएको देखिएको छ । भन्सार विभागले १८ वटा गाडी मात्रै भित्रिएको दावी गरेपछि बीरगञ्ज भन्सारको तथ्यांकले भने त्यो भन्दा बढी सवारी साधन भित्रिएको देखाएको छ ।

बजेटमा विद्युतीय गाडीको भन्सार शुल्क बढने देखिएपछि वीरगन्जको भन्सार विन्दुमा लामो समय देखि जाचपास नगरि थन्क्याएर राखिएका विद्युतीय गाडीहरु आयातकर्ताहरुले धमाधम भित्राएको देखिएको छ । आयतकर्ताले जेठ १५ को बजेट भाषण अगावै वीरगन्जको सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट १ सय २२ वटा विद्युतीय गाडी भित्रिएको देखिएको हो । सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठका अनुसार बजेट भाषणको एक दिन पहिले जेठ १४ सम्म आयतकर्ताले एमजी ब्राण्डको १ सय २० र किया ब्राण्डको २ गरि १ सय २२ वटा विद्युतीय गाडीको जाचपास भएको छ ।
भन्सारको तथ्यांकले एकैपटक सबै सवारी साधन भित्राउदा शंका उत्पन्न हुने देखिएकाले पटक–पटक गरेर ति सवारी साधन नेपाल ल्याइएको देखाएको छ । भन्सार कार्यालयको तथ्यांक अनुसार एमजी ब्राण्डको बैशाख १५ मा १५ वटा , बैशाख १६ मा ३० वटा , जेठ ५ मा एकै दिन ७५ वटा र जेठ १४ मा किया ब्राण्डको २ वटा विद्युतीय गाडीको भन्सार जाचपास भएको छ । नयाँ बजेटमा विद्युतीय गाडीको भन्सार महसुल बढ्ने अनुमान गरेको आधारमा आयातकर्ताले बजेट भाषण अगावै विद्युतीय गाडीहरु जाचपास गराएर लगेको हुनसक्ने आंशका भन्सार कार्यालयको पनि छ ।
भन्सार कार्यालयका अनुसार नयाँ बजेट भाषण भन्दा पहिले विद्युतीय गाडीमा १० प्रतिशत मात्रै भन्सार शुल्क र १३ प्रतिशत भ्याट लाग्थ्यो । अन्त शुल्क भने लाग्दैनथ्यो । तर जेठ १५ को नयाँ बजेट भाषणमा सरकारले विद्युतीय गाडीमा ८० प्रतिशत सम्म भन्सार महसुल लाग्ने बनाएको छ ।
विद्युतीय गाडीमा भन्सार शुल्कसँगै अब गाडीको क्षमता अनुसार ४० देखि ८० प्रतिशत अन्तःशुल्क पनि लाग्ने व्यवस्था नयाँ बजेटमा छ । विद्युतीय गाडीमा पहिले भन्सार शुल्क र भ्याट गरेर गाडीको मुल्यको २२ देखि २४ प्रतिशत मात्रै राजश्व तिर्नुपथ्र्यो । अब भने गाडीको मुल्यको १ सय २५ प्रतिशत सम्म राजश्व तिर्नु पर्ने अवस्था छ । यहि गोप्य सुचना, जेठ १५ गते अर्थमन्त्री डाक्टर युवराज खतिवडाले नयाँ बजेट प्रस्तुत गर्नु भन्दा पहिले नै आयातकर्ताले पाएका कारण बजेट भाषण अगावै धामामधम विद्युतीय गाडी जाचपास गराएर भित्रयाएको आशंका गरिएको छ । बजेट भाषण अगावै एउटा विद्युतीय गाडी भित्रयाउदा आयातकर्तालाइ कम्तीमा पनि ४५ लाख रुपैया फाइदा पुगेको देखिन्छ । १ सय २२ वटा गाडीमा आयातकर्ताको झण्डै ५५ करोड जति रकम जोगिएको छ । आयातकर्ताले होल्ड डरेर राखिएका सबै गाडीहरु नछुटाई विद्युतीय गाडीमात्र छुटाएकाले पनि बजेटमा भन्सार राजस्व बढने सूचना चुहावट भएको देखिएको छ । विद्युतीय गाडीमा भन्सार महसुल यति धेरै प्रतिशतमा बढ्दैछ भनेर बजेट भाषण अगावै आयतकर्तालाइ कसले सुचना दियो ? यो प्रश्न शंकाको घेरामा छ ।

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

१२ जेष्ठ २०७७, सोमबार १३:२३ १२ जेष्ठ २०७७, सोमबार १३:२३

काठमाडौं : काठमाडौँको…

२८ आश्विन २०७७, बुधबार ०९:२० २८ आश्विन २०७७, बुधबार ०९:२०

काठमाडौं : कोराना…

७ आश्विन २०७७, बुधबार ०८:३९ ७ आश्विन २०७७, बुधबार ०८:३९

काठमाडौं : प्रधानमन्त्री…

Techie