भन्सार चुहावट रोक्न निजी क्षेत्रले सहयोग गर्नुपर्छ : अर्थमन्त्री पौडेल

काठमाडौं : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार चुहावट रोक्न निजी क्षेत्रले सहयोग गर्नुपर्ने बताएका छन् । ६९ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले न्यून विजकिकरण र चुहावट न्यूनीकरणका लागि निजी क्षेत्रले भन्सार प्रशासनलाई सहयोग गर्नुपर्ने बताएका हुन् ।

भन्सार प्रणालीलाई आधुनिक र प्रणालीलाई प्रविधिमैत्री बनाउँदै लैजानुपर्नेमा पनि अर्थमन्त्री पौडेलले जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कुनैपनि वस्तुको भन्सार मूल्याङ्कन र वर्गीकरणको समस्या छिटो समाधान गर्न आग्रह गरे । भन्सार प्रणालीलाई सु्धार गर्न पूर्वाधार, प्रविधि र पारदर्शितामा ध्यान दिन उनको आग्रह छ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले विश्व व्यापार संगठनको सिद्धान्त अनुसार भन्सार प्रशासनले वस्तुको कारोबार मूल्यलाई परिवर्तन गर्न नपाउने बताए । कारोबार मूल्यमा नै भन्सार पास गर्ने व्यवस्था मिलाउन उनको माग छ ।

भन्सार प्रशासनले व्यवसायीहरुलाई विश्वास गर्न नसक्दा बस्तुको मूल्याङ्कन र वर्गीकरणमा समस्या हुने गरेको व्यवसायीको भनाइ छ । यस्तै भ्याटको दर, आयकरको दर लगायतका करका दरहरु घटाउन पनि उनीहरुको माग छ ।

तपाईको प्रतिक्रिया

Techie