भक्तपुर अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु, स्वाब संकलन गरी टेकु पठाइयो

भक्तपुर : भक्तपुर अस्पतालमा आइतबार राति एक सुत्केरी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्ला लिसंखु गाउँपालिका–३ घर भई चाँगुनारायण नगरपालिका–४ बस्ने ३६ वर्षीया महिला रहेको प्रहरीले जनाएको छ । उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरी टेकु अस्पताल पठाइएको छ ।

अस्पतालमा सुत्केरीको शंकास्पद मृत्यु भएपछि सेवा बन्द भएको छ । सुत्केरी भएपछि उनको मृत्यु भएको र बच्चाको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Techie