ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोलाई कोरोना संक्रमण

ब्राजिल ब्राजिलका राष्ट्रपति जायस बोल्सोनारोमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबारदेखि ज्वरो आउनेलगायतका लक्षण देखिन थालेपछि गराइएको परीक्षणपछि उनीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । आपूm संक्रमित भएको विवरण पनि उनी स्वयम्ले टेलिभिजन सम्बोधनमार्पmत सार्वजनिक गरेका छन् । यसअघि राष्ट्रपति बोलसोनारोले कोरोना संक्रमणलाई सामान्य फ्लू भएको र यसबाट आफू गम्भीर रूपमा संक्रमित नहुने बताउँदै आएका थिए । उनले केही दिनअघि त्यहाँका स्थानीय सरकारलाई आर्थिक गतिविधीमा ह्रास आएको भन्दै जारी लकडाउन खुकुलो पार्न आग्रह समेत गरेका थिए । बोलसोनारोले गत अप्रिलमा आफूलाई पनि कोरोना भाइरसको संक्रमण हुनसक्ने भन्दै यसलाई धेरै गहन रूपमा नलिई सामान्य फ्लूको रूपमा लिन आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया

Techie