कञ्चनपुरको बेलौरीबाट लागुऔषध सहित ३ जना भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरी टोलीले विषेश सूचनाको आधारमा चेकजाँच गर्दा भारतीय नम्बर प्लेटको युपी ३१ बिएफ २४२७ नम्बरको मोटरसाइकलमा सवार भारतको लखिमपुर खिरी जिल्ला सम्पुर्णानगर बस्ने २६ वर्षीय धर्मेन्द कुमार, २५ वर्षीय शुभम भसिन र ३० वर्षीय नितिन कुमारलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट ९ किलो ९ सय ग्राम लागुऔषध खैरो हिरोईन बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काका अनुसार उनीहरुको थप अनुसन्धान भइरहेको छ ।
बेलौरीबाट लागुऔषध सहित ३ जना भारतीय नागरिक पक्राउ

Post navigation
Posted in: