बेलायतमा तीन साता लकडाउन बढाउने तयारी

एजेन्सी : कोरोना संक्रमण नियन्त्रणमा नआएपछि बेलायतले लकडाउन कम्तिमा तीन साता बढाउने भएको छ । बेलायती विदेश मन्त्री डोमिनिक राबले नियमित पत्रकार सम्मेलनका क्रममा अहिले नै लकडाउन खुकुलो बनाउनु जोखिमपूर्ण हुने बताएका हुन् ।

युरोपका केही देशमा लकडाउन खुकुलो बनाइएपनि बेलायतले भने लकडाउन खोलेर जोखिम लिन नचाहेको स्पष्ट पारेको हो । अहिले नै लकडाउन खोल्दा मानव स्वास्थ्य र अर्थतन्त्र दुवैमा थप नकारात्मक असर पर्ने देखिएकाले तीन साता लम्ब्याउने निर्णय भएको मन्त्री राबले बताए । बेलायत मार्च २३ देखि लकडाउन लागू गरिएको छ ।

भाइरस संक्रमणबाट बेलायतमा १३ हजार ७ सय भन्दा बढीको मृत्यु भएको छ । संक्रमितको संख्या एक लाख चार हजार भन्दा बढी छ ।

तपाईको प्रतिक्रिया

Techie