बेलायतमा कोरोना भाइरसको दोस्रो लहर शुरु

एजेन्सी : बेलायतमा कोरोना भाइरसको दोस्रो लहर शुरु भएको छ । दोस्रो लहरको संक्रमण देखिएपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले भौतिक दुरी पालनामा कडाई गर्ने तयारी गरिएको जानकारी दिएका छन् ।

संक्रमणको बढ्दो दर नियन्त्रणका लागि मुलुकभर लकडाउन पर्ने पक्षमा आफु नभएपछि भौतिक दुरीमा कडाईको विकल्प नभएको उनको भनाइ छ । बेलायत सरकारले भौतिक दुरीमा कडाईका लागि विभिन्न तीन चरणको कार्ययोजना तयार पारेको छ ।

पहिलो तहमा अधिकांश स्थानमा भौतिक दुरीको पालनमा कडाई, दोस्रो तहमा अस्पताल क्षेत्रमा कफ्र्यु लगाइ भेटघाटमा प्रतिवन्ध र तेस्रो तहमा संक्रमण जोखिम धेरै भएको स्थानमा लकडाउन लगाउने तयारी सरकारको छ ।

तहगत गरिने कडाई अन्तर्गत अधिकांश स्थानमा एक घर बाट अर्कोमा जान पूर्णरुपमा प्रतिबन्धको लगाइने बताइएको छ । बेलायतमा हालसम्म ३ लाख ८५ हजार ९ सय ३६ जनामा संक्रमण पुष्टी भएको छ । ४१ हजार ७ सय ३२ जनाले ज्यान गुमाएका छन् । पछिल्लो पटक ३ हजार ३ सय भन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

Techie