बेलायतको नेपाली राजदूतमा पूर्वमुख्य सचिव रेग्मी नियुक्त

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतका लागि नेपाली राजदूतमा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा उनलाई नेपालका लागि आवासीय बेलायती राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । मुख्यसचिववाट राजीनामा दिए लगत्तै सरकारले उनलाई राजदूतका लागि सिफारिस गरेको थियो । उनले गत असोजमा कार्यकाल सकिनु केही दिनअघि राजीनामा दिएका थिए । उनको कार्यकाल कार्तिक ३ गतेसम्म थियो ।

तपाईको प्रतिक्रिया

Techie