बेइजिङ्ग विश्वका सबैभन्दा धेरै अर्बपति भएको शहर

काठमाडौँ-चीनको राजधानी बेइजिङ्ग विश्वका सबैभन्दा धेरै अर्बपति भएको शहर बनेको छ ।

फोब्र्सले सार्वजनिक गरेको विश्वका अर्बपतिहरुको पछिल्लो सूचि अनुसार अमेकिराको न्यूयोर्क सिटीलाई पछि पार्दै बेइजिङ्ग अग्रस्थानमा पुगेको हो । फोब्र्सका अनुसार बेइजिङ्गमा अर्बपतिको कुल संख्या १०० पुगेको छ ।

गत वर्ष बेइजिङ्गमा ३३ अर्बपति थपिएका हुन् । फोब्र्सका अनुसार अमेरिकाको न्यूयोर्क शहरमा अर्बपतिको संख्या ९९ रहेको छ । विगत सात वर्षदेखि न्यूयोर्क शहर धनाढ्य अर्बपतिहरुको सूचिमा शीर्ष स्थानमा रहँदै आएको थियो । कोरोना भाइरसको महामारीमाथि चीनले तीव्र गतिमा कायम गरेको नियन्त्रण, प्रविधि क्षेत्रमा चिनियाँ कम्पनीको बढ्दो वर्चश्व र शेयर बजारले चिनियाँ धनाढ्यहरुलाई अर्बपतिको सूचिमा थप्ने क्रम तीव्र भएको हो ।

अर्बपतिको संख्या बेइजिङमा धेरै भए पनि अर्बपतिहरुको कुल सम्पतीमा भने न्यूयोर्क नै अघि छ । न्यूयोर्कका अर्बपतिहरुको कुल सम्पत्ती बेइजिङ्गका अर्बपतिको भन्दा ८० बिलियन अमेरिकी डलर बढी रहेको बताइएको छ । बेइजिङ्गका सबैभन्दा धनी व्यक्ति टिकटकका संस्थापक झ्याङ्ग यिमिङ्ग हुन् ।

उनीसँग कुल सम्पती ३५ दशमलव ६ बिलियन अमेरिकी डलर छ । न्यूयोर्कका धनी व्यक्ति पूर्व मेयर माइकल ब्लुमबर्गको कुल सम्पती ५९ बिलियन अमेरिकी डलर रहेको छ ।।

तपाईको प्रतिक्रिया

Techie