बुटवलमा बिहाबार रातिदेखि ९ दिन सम्म लकडाउन

काठमाडौ । कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि बुटवल उपमहानगरपालिकामा बिहाबारदेखि लकडाउन गरिएको छ। प्रदेश ५ का आन्तरिक मामिला मन्त्री , सुरक्षा निकायका प्रमुख तथा रुपन्देहीका प्रमुख जिल्ला अधिकारीसहित बसेको बैठकले बुटवलमा बिहीबार राति १२ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म ९ दिन लकडाउन गर्ने निर्णय गरेको हो।
लकडाउन घोषणा गरिएपछि बुटवलमा अत्यावश्यक सेवाका सवारी साधन, दैनिक उपभोग्य वस्तु ढुवानी गर्ने साधन लगायत अत्यावश्यक सेवा मात्र संचालन हुने छन्।

तपाईको प्रतिक्रिया

Techie