“बीमा सम्बन्धी सबै कामलाई एकद्धार प्रणालीबाट गर्न लागिएको” – डा. युवराज खतिवडा

 

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बीमा सम्बन्धी सबै कामलाई एकद्धार प्रणालीबाट गर्न लागिएको बताएका छन । प्रतिनिधिसभा अन्र्तगतको अर्थ समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा मन्त्री खतिवडाले बीमालाई एकद्धार प्रणाली अन्र्तगत सञ्चालन गर्नका लागि बीमा समिति ऐन र राष्ट्रिय बीमा संस्थान ऐनलाई खारेज गरेर एकीकृत ऐन बनाउने परिकल्पना गरिएको बताए । बीमा सम्बन्धी ऐनहरुलाई संशोधन र एकिकरण गर्न बनेको विधेयकमाथि परेका संसोधन प्रस्तावमाथिको छलफलका क्रममा उनले राष्ट्रिय र अन्तराष्ट्रिय अभ्यासहरुलाई पनि समेटेर यो विधेयक प्रस्तुत गरिएको जानकारी दिए ।

संसोधनकर्ता समिति सदस्य सांसद प्रेम सुवालले बीमा कम्पनीको इमान्दारीतामाथि प्रश्न उठाउदै सम्पत्तिमाथि कर लगाई सरकारले त्यो करलाई शिक्षा, खानेपानी, स्वास्थ्य लगायत क्षेत्रमा खर्च गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । उनले बीमा सेवाको व्यवस्था सरकारले नै गर्नुपर्ने भन्दै विरोध समेत गरेका थिए ।

मन्त्री खतिवडाले सरकारले साना साना व्यवसायीको जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि लघु बीमालाई महत्वका साथ अघि बढाएको र अहिले एक चौथाई जनसंख्यामा बीमा सेवा पुगेको बताए ।

तपाईको प्रतिक्रिया

Techie