बिभिन्न सात साना कम्युनिष्ट पार्टीबीच एकता

काठमाडौ । बिभिन्न सात साना कम्युनिष्ट पार्टीबीच एकता घोषणा भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपालमा सातवटा कम्युनिस्ट पार्टीले एकता घोषणा गरेका हुन् । एकता गर्नेहरुमा पुनर्गठित नेकपा माओवादी केन्द्र, नेपाल श्रमजीवि पार्टी, नेपाल कम्युनिष्ट पार्टी गणतान्त्रिक, नयाँ नेपाल राष्ट्रिय पार्टी, पुर्व जनमुक्ति सेना एकता पार्टी, थारु राष्ट्रिय मुक्ति मोर्चा र नेकपा माक्र्सवादी रहेका छन् । वटा पार्टी एकता पछि पार्टीको नाम पुनर्गठित नेकपा माओवादी केन्द्र राखिएको छ । नयाँ घोषणा भएको पार्टीको अध्यक्षमा भविसोर पराजुली चयन भएका छन । अध्यक्ष पराजुलीले कम्युनिस्टहरुबीच विभाजन आइरहँदा एकता अभियान शुरु गरेको बताए ।

तपाईको प्रतिक्रिया

Techie