बारा र पर्सामा थपिए ५० कोरोना संक्रमित

काठमाडौं : पर्साको नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ४६ जना बारा र ४ जना पर्साका वासिन्दा रहेका छन् । संक्रमित मध्ये ४६ जना बाराको देवताल गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएका ब्यक्तिहरु हुन् ।

बाराका संक्रमितमध्ये देवतालका ३४, सुवर्ण र कलैयाका तीन–तीन र धनकौलका छ जना रहेका छन् । संक्रमितमध्ये एघार जना महिला रहेको अस्पतालले जनाएको छ । पर्साका चारजना संक्रमित भने होटल कुमु प्यालेसको क्वारेन्टिनमा बस्दै आएका थिए ।

तपाईको प्रतिक्रिया

Techie