बारामा पत्रकारलाई कोरोना संक्रमण

काठमाडौं : बाराको एक स्थानीय रेडियोमा कार्यरत संचारकर्मीलाई पनि कोरोना संक्रमण देखिएको छ । करैयामाई गाउँपालिका ५ का ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । पर्साका दुई पत्रकारमा कोरोना संक्रमण देखिएपछि नेपाल पत्रकार महासंघ बारा शाखाको पहलमा बारामा ४३ संचारकर्मीको स्वाब परीक्षणका लागि पठाइएको थियो ।

स्वाब संकलन गरिएकामध्ये एकजनाको पीसीआर पोजिटिभ आएको हो । संक्रमित पुरुषलाई प्रशासनको सहयोगमा कलैयास्थित कोरोना अस्पतालमा पठाइएको छ ।

संक्रमित पुरुषको सम्पर्कमा आएका व्यक्तिको खोजी सुरु गरिएको छ । योसँगै बारामा संक्रमितको संख्या चार पुगेको छ ।

यसअघि जिल्ला प्रहरी कार्यलय बारामा कार्यरत एक प्रहरी जवानसहित जीतपुरसिमरा उपमहानगरपालिकाका २ र बिश्रामपुर गाउपालिकाका १ पुरुषमा कोरोना संक्रमण देखिएको थियो । प्रहरी जवान भने रौतहटका हुन् ।

तपाईको प्रतिक्रिया

Techie