बादी बस्तीका आफन्तबिहीन बालबालिकाहरु भोकै नाङ्गै बस्न बाध्य ! (भिडियो रिर्पोट)

काठमाडौं:  बैतडी र दार्चुलाको सीमाना गोकुलेश्वरमा रहेको बादी बस्तीका तीन जना बालबालिका सहाराबिहीन भएका छन् । आमा र बुवाको अत्तोपत्तो नभएपछि बादी बस्तीका दुई जना बालक र एक बालिका बषौंदेखि अलपत्र अवस्थामा पुगेका हुन। उनिजस्तै अन्य छ जना अनाथ बालबालिका समेत साहाराबिहिन बनेका छन् ।
प्रधानमन्त्री केपी ओलीले यसो भनिरहँदा आफन्त नभएका कयौं बालबालिकाहरु भने भोकभोकै अलपत्र अवस्थामा छन् । बैतडी र दार्चुलाको बीचमा रहेको बादी बस्तीका दुई जना बालक र एक बालिकाले डेढ बर्षदेखि साहारा बिहीन भएर घर घर डुलेर माग्दै खानुपरेको छ । छ बर्षका हिमांशु बादी, नौ बर्षिय कपिल बादी र सात बर्षिया खेट्टी वादीको आफ्नो भन्ने कोही छैन् । कहिले कसैको घरमा, कहिले कसैको घरबाट मागेर छाक टार्न वाध्य छन् । उनिहरुका बुवा बेपत्ता र आमा पोइल गएपछि यस्तो अवस्था आएको हो । कहिलेकाही गिट्टी वालुवा बोकेर केही रकम पाएपछि खान्छन नत्र भोकै बस्नुपर्ने अवस्था छ ।

बादी बस्ती आफैमा अव्यवस्थीत छ । यही बस्तीमा कहिलै कुनै झुपडी त कहिले कुनै झुपडीमा सहारा माग्दै उनिहरुको दिनचर्या बितिरहेको छ । अभिभावक बिहिन भएर बसिरहेका उनिहरु बाहिरको मान्छेसँग न खुलेर बोल्न सक्छन न आफ्नो समस्या नै प्रष्ट राख्न सक्छन् ।

यही बस्तीबाट तीन जनालाई स्थानीय दयालु साउदले आफ्नै खर्चमा राजधानीको ममता बाल स्याहार केन्द्र पठाएका थिए । उनिहरुमध्ये दुई जना अहिले पढ्दै छन् । होटेल व्यवसाय गरेर बसेका साउद यी बालबालिकाको कहालीलाग्दो अवस्था देखेर पनि केही गर्न नसक्दा दुःखीत हुन्छन । बादी बस्तीमा सेठजी भनेर चिनिने साउदले तीन बालबालिको उद्धार गरेकोमा स्थानीयले प्रशंषा गरेका छन ।
३ )
अभिभावक भएर पनि बादी बस्तीका अधिकांश वालबालिकाहरुको अवस्था उस्तै छ । बादी बस्तीका मात्रै होइन पाटन नगरपालिका– तीन का बा¥ह बर्षिय सुरज लुहार तथा आठ बर्षिय निरज लुहार तथा दशरथचन्द– चार र नौ का आठ बर्षिया रिया भुल, नौ बर्षिया अनुष्का पाण्डे र ासत बर्षिया बिनिता पाण्डे पनि अभिभावकबिहीन छन् । आफन्तको सरणमा बसेका उनिहरुलाई पढ्न परै जावस खान लाउन समेत धौं धौं छ । सरकार प्रमुखले कोही भोका नाङ्गा बस्नु पर्दैन भनेर सार्वजनिक अभिव्यक्ति दिदै हिडेपनि यी आठ जना मात्रै होइन अन्य आफन्तबिहीन थुप्रै बालबालिकाहरु भोकै नाङ्गै बस्न बाध्य छन ।

तपाईको प्रतिक्रिया

Techie