बाजुराको कवाडी खोलामा डुबेर एकै परिवारका ५ जना बेपत्ता

बाजुरा जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ५ को कवाडी खोलामा डुबेर एकै परिवारका ५ जना बेपत्ता भएका छन । बेपत्ता हुनेमा हिमाली गाउँपालिका वडा न ५ कवाडीका धर्म नेपालीकी श्रीमती, तीन छोरी र १ छोरा रहेका छन । शुक्रबार दिउँसो छोराछोरीसहित खोलामा नुहाउन गएका बेला बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र सिहं ठगुन्नाले बताएका छन । बेपत्ता हुनेमा ३० बर्षिया सत्ता नेपाली, उनकी छोरी वर्ष ५ की आरती, बर्ष ४ की सन्तोषी, बर्ष २ का छोरा सम्मान र १ बर्षिया छोरी किस्मती रहेका छन् । सोही खोलामा करिव २ महिना अगाडी पनी एक बालिका बगेर बेपत्ता भएकी थिइन । सो खोलामा हरेक बर्ष ५÷६ जनाले ज्यान गुमाउने गरेको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया

Techie