बागलुङका विभिन्न स्थानमा ८६ शैय्याका प्रि–आइशोलेसन निर्माण गरिने

बागलुङ : बागलुङका विभिन्न स्थानमा ८६ शैय्याका प्रि–आइशोलेसन निर्माण गरिने भएको छ । जिल्ला कमाण्ड पोष्ट बागलुङको बैठकले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ, नरेठाँटी उपस्वास्थ्य चौकी गलकोट, धौलागिरी बहुमुखी क्याम्पस बागलुङ र कुश्मीशेरा प्राथमिक स्वास्थ्य केन्द्र जैमिनीमा गरी प्रि आइसोलेसन कक्ष निर्माण गर्ने निणर्य गरेको हो ।

बैठकले स्वास्थ्य अवस्था सामान्य रहेको संक्रमितलाई प्रि आइसोलेसनमा राख्ने र अवस्था जटिल बने र लक्षण देखा परेपछि मात्रै उपचारको लागि धौलागिरी अस्पतालमा ल्याउने निणर्य गरेको छ । बैठकले धौलागिरी क्याम्पस र बाग्लुङमा संचालित निजी अस्पतालहरु निलगिरी अस्पताललाई पनि आइसोलेसन शैय्या उपलब्ध गराउन अनुरोध गरेको छ ।

बिहीबार कोरोना संक्रमण पुष्टि भएका १० जनालाई धौलागिरी अस्पतालको आइसोलेसनमा राखिएको छ । १२ शैय्याको आइशोलेसन भएको अस्पतालमा १२ बेड थप गरि संक्रमितलाई राखिने तयारी गरिएको छ ।

प्रसुति गृहलाई पोषण पुनःस्थापन गृहमा स्थान्तरण गरि १२ शैय्याको आइशोलेशन थप गरिएको हो । अस्पतालका २४ मध्ये १६ शैय्यमा संक्रमित रहेका छन् ।

तपाईको प्रतिक्रिया

Techie