बाइस राजनीतिक दल तथा संगठनहरुद्धारा सरकारबिरुद्ध देशव्यापी प्रदर्शन

काठमाडौ । नेकपा मसाल र नेकपा क्रान्तिकारी माओवादी लगायत बाइस राजनीतिक दल तथा संगठनहरुले सरकारबिरुद्ध आज देशव्यापी प्रदर्शन गरेका छन् । उनीहरुले काठमाडौंको माइतिघर लगाएत देशका बिभिन्न स्थानमा सरकारबिरुद्ध विरोध प्रदर्शन गरेका हुन् । एमसीसी सम्झौताको खारेजी, भारतद्वारा अतिक्रमित भुभागमा नेपालको स्वामित्व कायम लगायतका माग राखेर प्रदर्शन गरिएको हो । माइतीघरमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै नेकपा क्रान्तिकारी माओवादीका नेताले कोरोन नियन्त्रणदेखि अतिक्रमित भुमि जोगाउन समेत सरकारले पहल नगरेको आरोप लगाए ।
प्रदर्शनमा सहभागी दलले भारतले अतिक्रमण र कब्जा गर्दै आएको लिम्यिाधुरा–कालापानी–लिपुलेक, सुस्ता, महेशपुर आदि भूभागमाथि नेपालको स्वामित्व कायम गर्नुपर्ने माग गरेका छ । त्यस्तै कोरोना भाइरसको रोकथाम, नियन्त्रण र निःशुल्क उपचार, कोरोनामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुलाई जोखिम भक्ता दिनुपर्ने पनि उनीहरुको भनाइ छ । त्यस्तै बेरोजगार र विपन्न वर्गलाई खानालगायत न्यूनतम सुविधा, रोजगारीको व्यवस्था, निःशुल्क शिक्षा र स्वास्थ्यको व्यवस्था, उखु किसानको बक्यौता रकम तुरुन्त दिलाउने आदि विषयमा सरकारलाई दबाब दिन २२ दलले प्रदर्शन आयोजना गरेका हुन ।

तपाईको प्रतिक्रिया

Techie